Notice

SQC Hub Convention

Events

01 Sep, 2019

भव्य समारोहकाबीच स्काईलार्कमा छैठौँ  एस क्यू सी लुम्बिनी हब सम्मेलन सम्पन्न  

कोएष्ट नेपाल अन्तरगत छौठौ एस्.क्यू.सी. लुम्बिनी हब सम्मेलन भदौ १३ गते शुक्रबार स्काईलार्क इङ्गलिश बोर्डिङ्ग स्कूलमा भब्य समारोकाबीच सम्पन्न भएको छ  । कपिलवस्तु तथा रुपन्देहीका गरी १५ वटा विद्यालयहरुको सहभागितामा सम्पन्न भएको उक्त समारोहको अध्यक्षता स्काईलार्क ई.बो.स्कूलका अध्यक्ष श्री तोलाकान्त डुम्रेले गर्नु भएको थियो । उद्घाटन समारोहको प्रमुख आतिथ्यता बाणगंगा नगरपालिकाका नगर प्रमुखले गर्नु भएको थियो भने विशिष्ट अतिथिको आतिथ्यता कपिलवस्तु प्याब्सनका अध्यक्ष श्री शिव गैरे, कोएष्ट नेपालका महासचिव दीपक गौतम तथा बा.न.पा.११ क वडा अध्यक्ष सोमनाथ अर्यालले गर्नु भएको थियो । विद्यालयका शिक्षक श्री आर.टी. खानद्धारा सञ्चालित उद्घाटन समारोहमा विद्यालयका सह–प्राचार्य मदन मल्लले स्वागत मन्तव्य दिनु भएको थियो । एस्.क्यू.सी.हब सम्मेलन कपिलवस्तु जिल्लामै नयाँ कार्यक्रम भएको हुदा यस जिल्लाका विद्यालयको कम सहभागिता रहेको र आगामी दिनहरु यस कार्यक्रमा अधिकतम विद्यालयको सहभागित हुने अपेक्षा गनुभयो भने विशिष्ट अतिथिले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा अन्तरनिहित क्षमताको प्रष्फुटन गराई उनीहरुमा आत्मविश्वास जगाउने कुरा व्यक्त गर्नुभयो । लुम्बिनी एस.क्यू.सी.हब सम्योजक मिलन भण्डारी ज्यूले एस.क्यू.सी.को महत्वमा प्रकाश पार्दै कोएस्ट नेपालका संस्थापक प्रो. डा. दिनेश चापागाँईको सन्देश सुनाउनु भएको थियो । उद्घाटन समारोहमा बा.न.पाका शिक्षा शाखा अधिकृत श्री खिम बहादुर जी.सी. लगायत अन्य समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।  एस्.क्यू.सी. अन्तरगतका नन् कम्पिटेटीभ तथा कोलाबोरेटीभ कम्पिटेटीभ गरी ६ वटा कार्यक्रमहरुमा विभाजन गरिएको थियो जस मध्ये प्यानल डिस्कसन तथा केस स्टडी नन कम्पिटेटीभ र कोलाज, कथा निर्माण, स्पोकन वर्ड पोएट्री तथा हाजिरी जवाफ प्रतिस्पर्धा कोलाबोरेटीभ कम्पिटेटीभ विधा अन्तरगत रहेका थिए । कोलाबोरेटीभ कम्पिटेटीभ कोलाजमा आदर्श ई.बो.स्कूल, क.व.का आयुष अधिकारी तथा शान्ति नमुना मा.वि.का सन्देश ठकुरीको समूह प्रथम, स्काईलार्क ई.बो. स्कूल, क.व.की दिपीका गैरे र शान्ति नमुना मा.वि.का हृतिक कुवँर द्धितिय तथा स्काईलार्क ई.बो.स्कूल क.व.का निर्देश सुवेदी र शान्ति नमुना मा.वि.का बिनय भट्टराईको समूहले तृतीय स्थान हासिल गरेको थियो ।  कथा निर्माण प्रतियोगितामा शान्ति नमुना मा.वि.का मोहित खनाल र समिक्षा ज्ञवालीको समूह प्रथम, द्धितीय स्थानमा सोही विद्यालयका आकृति ज्ञवाली र आस्था बस्याल तथा बालज्योति इ.बो.स्कूलका अनन्त ढकाल र शान्ति नमुना मा.वि.की प्रजीता गौतमको समूह तृतीय भएको थियो । त्यसैगरी हाजिरी जवाफ प्रतियोगितामा बुद्धदीप ई.बो.स्कूल, रुपन्देहीका अश्विन पौडेल र शान्ति नमूना मा.वि., रुपन्देहीका संजीव भण्डारीको समूह प्रथम, हथौसा लिटिल स्टार, कपिलवस्तुका रामकृष्ण अधिकारी र शान्ति नमुना मा.वि.का आयुष सुवेदीको समूह द्धितीय र स्काईलार्क क.व.का रमेश क्षेत्री र शान्ति नमुनाका शौगात बस्यालको समूहले तृतीय स्थान हासिल गरेको थियो ।   स्पोकन वर्ड पोयट्रीमा बालज्योतिका कृपा पोख्रेल र शान्ति नमुनाका क्रमशः जर्ज रावल, युवराज काफ्ले र गंगा भण्डारीको समूह प्रथम, स्काईलार्ककी बन्दना शुक्ला, आदर्शका नम्रता शापकोटा, शान्ति नमुनाकी प्रविणा अधिकारी र दुर्गा शैक्षिक गृहकी रक्षा भण्डारीको समूह द्धितीय तथा ड्रिम भिजनका क्रमशः समिक्षा खत्री, सुजन खनाल, बुद्ध दीपकी रचना पौडेल, आदर्शकी पूजा खत्री र स्काईलार्क इं.बो.की समीक्षा गैरेको समूह तीतृय भएको थियो ।    समापन समरोहको सम्मोद्घाटन कार्यक्रमका अध्यक्षता तोलाकान्त डुम्रेले गर्नुभएको थियो भने प्रमुख अतिथिको आतिथ्यता जिल्ला शिक्षा समन्वयका प्रमुख थानेश्वर घिमिरेले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले यस किसिमको कार्यक्रमले विद्यार्थीहरुले अध्ययनलाई मात्र प्राथमिकता नदिई यस किसिमका अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउनुपर्ने कुरामा जोड दिनु भयो भने अतिथि शान्ति नमुनाका सह–प्राचार्य किशोर खनालले यस किसिमको सहभागितात्मक कार्यक्रमले निजी तथा सरकारी विद्यालयबीच सम्बन्धलाई प्रगाढ बनाउने कुरा व्यक्त गर्नु भएको थियो । समापन कार्यक्रमको अन्त्यमा अध्यक्षले कपिलवस्तुमै नमूनाको रुपमा सञ्चालित एस क्यू सी लुम्बिनी हब सम्मेलनमा सहभागि सबै विद्यालयको सक्रियतामा भव्यताका साथ सम्पन्न भएको कुराको जानकारी गराउँदै सम्पूर्ण विद्यालय, कपिलवस्तु र रुपन्देही प्याब्सन तथा उपस्थित विभिन्न तह र तप्काका अतिथिहरुप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो । आगामी दिनहरुमा एस क्यू सी लुम्बिनी हब सम्मेलनलाई प्रदेश नं. ५ कै हब सम्मेलनको रुपमा परिणत गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।